मन्त्रिपरिषद् विस्तार : कसलाई कुन मन्त्रालय? ९ थपिँदा हटाइए २ जना

२०७७ पुस १० काठमाडौं -

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनः विस्तार गरेका छन । यस क्रममा उनले आज साँझ मन्त्रिपरिषद्मा ९ सदस्य थपेर केहीको जिम्मेवारी पनी हेरफेर गरेका छन्। बिस्तारित मन्त्रिपरिषद्मा प्रभु शाह, टोपबहादुर रायमाझी, मणि थापा, ​ प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतो पनि मन्त्री भएका छन। साथै विमला विश्वकर्माले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन ।

प्रम ओलीले आजै खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई हटाएका छन। गणेश ठगुन्नालाई सामान्य प्रशासन र गाैरीशंकर चाैधरीलाई श्रम मन्त्रालयको जिम्मा दिइएको छ । भने स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन तथा संघीय मामिला मन्त्रालयको तथा हृदयेश त्रिपाठीलाई स्वास्थ्यमन्त्रीकाे जिम्मेवारी दिइएको छ । त्यसैगरी महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानुन र शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालय दिइएको छ। शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठलाई शिक्षामन्त्री बनाइएको छ।

त्यसैगरी भूमिसुधार मन्त्री रहेकी पद्मा अर्याललाई भने कृषि मन्त्रीको जिम्मेवारी दिइएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहबाट बाहिरिँदा ६ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् ।

प्रचण्ड निकट नेता टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी, र दावा तामाङले केपी ओली नेतृत्वको सरकारमा मन्त्री पद पाएका हुन् । त्यस्तै, विमला विकले राज्यमन्त्री पाएका हुन । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ । प्रधानमन्त्रीको कदम असंवैधानिक अध्यक्ष प्रचण्ड लाइनका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए।

Comments

Popular posts from this blog

Gove confirms mandatory housebuilding targets for councils will be abolished in face of Tory rebellion – UK politics live

Kotak Mahindra Bank Recruitment 2022 Released for Graduate Candidates And Apply Online