हाम्राे खेमाकाे लागी तयारी भाषण क. बादलले उता गएर गरे जस्तो लाग्यो - प्रचण्ड
काठमाडौं, २०७७ पुस १० - नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) माधव-प्रचण्ड खेमाका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापाले आफ्नो समूह छोडेको बारे सटिक प्रतिक्रिया दिएका छन । शुक्रबार कार्की ब्यांकेटमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले साेधेकाे प्रश्नको जवाफ दिँदै दाहालले भने, क. बादल किन उता जानुभयो भन्दा पनी उहाँले यता आएर बोल्नकाे लागी तयार गरेको भाषण उता गर्नुभयो।
गृहमन्त्री थापालाई अन्तिम समय सम्म पनि दाहालले आफ्नो समूहमा ल्याउन प्रयत्न गरेकाे बताएका थिए । हिजाे अाेली खेमामा अाफु रहेकाे स्पष्टता देखाएका तात्कालिन माअाेबादीका नेता बादल ले अाेली खेमाकाे बैठकमा संबाेधन गर्दै नेकपावाट एउटा गुट चोईटिएकाे बताउदै उहा (प्रचण्ड- नेपाल खेमा) लेप्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताएका थिए । साथै उनले नेकपा बाट एउटा गुट चोईटिएर गएकाे र आफु मुख्य समुहमा नै रहेको अभिब्यक्ति थिएका थिए । यही भनाइकाे काउन्टरमा प्रचणडले बादलले हाम्रो समूहका लागि तयारी पारेकाे भाषण उता गएर बाेलेकाे बताएका हुन ।
Comments
Post a Comment
Ask me anything here...