गायक भुवन सिं थापाको कौरा गीत छायांकन सम्पन्न (फोटो फिचर)

गायक भुवन सिं थापा मगरको मौलिक कौरा गीत "रमाइ रमाइ लान्छु म आजै" बोलको गीत तनहुँ व्यास १४ ठिन गाउँमा छायांकन सम्पन्न भएको छ । रेशम आलेको मौलिक शब्दलाई गायक भुवन सिं थापाले संगीत दिएको उक्त गीतलाई गाउँ घर तिर बजाइने किसिमको खैजडिको ताल नै प्रयोग गरेर रेकर्ड गरिएको छ । उक्त गीतमा भुवन सिं थापालाई रेशम आलेले स्वरमा साथ दिएको छ भने फल थापा मगर र बिशाल थापाको छायांकन रहेको उक्त गीतमा निर्देशन र सम्पादन गायक भुवन सिं थापाकै रहेको छ । १७ जना स्थानिय कलाकार नानीहरुको न्रित्य रहेको उक्त भिडियोमा प्रबिना आले, लक्ष्मी थापा मगर, सजिता थापा मगर,त्रिशना थापा मगर, सोनाली थापा मगर, लक्ष्मी थापा मगर, कोपिला थापा मगर, सुमिना थापा मगर, आसा थापा मगर, मन्जु थापा मगर, आश्मा थापा मगर, सपना थापा मगर,रिता आले मगर, रचिता राना मगर,अनिशा थापा मगर, सुजिता थापा मगर र बिन्दु आले मगरको सामुहिक मौलिक न्रित्य रहेको छ । उक्त गितको संगीत सयोजन तथा बाजाहरुमा खैजडी, कौरा न्रित्यमा प्रयोग गरिने झर्रा र सानो झ्याली स्वयम गायक भुवन सिं थापाले बजाएका हुन भने दिपक थापाले बाँसुरी बजाएको छ । सम्पादनको चरणमा रहेको उक्त भिडियो केही दिनमै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने गायक भुवन सिं थापाले जानकारी दिए ।

Comments

Popular posts from this blog

Gove confirms mandatory housebuilding targets for councils will be abolished in face of Tory rebellion – UK politics live

Kotak Mahindra Bank Recruitment 2022 Released for Graduate Candidates And Apply Online